२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

भरिन लाग्यो कुलेखानी

कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जलाशयको सतह १ हजार ५२७.९३ मिटर पुग्यो, अधिकतम क्षमता १ हजार ५३० मिटर; नदीकिनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह

शनिवार , कार्तिक १४, २०८३

 

नेपालसेज/ हेटौँडा — लगातारको वर्षाका कारण कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जलाशयमा पानीको सतह अधिकतम भण्डारण क्षमतानजिक पुगेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासन र जलविद्युत् आयोजनाले सावधानी अपनाउन अनुरोध गरेका हुन्।

सम्पादकीय सारांश

Verified

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेको छ।

जलाशयको पानीको सतह १ हजार ५२७.९३ मिटर पुगेको छ।

अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर रहेको छ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह।

आवश्यक परे बाँधका ढोका खोल्नुअघि चेतावनी साइरन बजाइने।

MAIN NEWS

जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर रहेको छ। यसअनुसार जलाशयको सतह अधिकतम क्षमताभन्दा २ दशमलव ०७ मिटर मात्र तल रहेको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको पानीको सतह तीव्र गतिमा बढिरहेको छ। वर्षा जारी रहे जलाशयको सतह थप बढ्न सक्ने उहाँले बताउनुभयो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

उहाँले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी हुने सूचना र मोबाइलमा प्राप्त एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ।

यसैबीच, जलविद्युत् केन्द्रले पनि चेतावनी जारी गरेको छ। जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा त्यसअघि चेतावनीस्वरूप साइरन बजाइने केन्द्रका प्रमुख राउतले राष्ट्रिय समाचार समिति (रासस)लाई जानकारी दिनुभयो।

उहाँले देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। जलाशयको सतह र वर्षाको अवस्थालाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई प्रशासन तथा आयोजनाबाट जारी हुने सूचनाप्रति सचेत रहन अनुरोध गरिएको छ।

— नेपालसेज | प्रकाशित: २०८३ कात्तिक १४ गते, शनिबार 

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images