२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

इलाममा गोदावरी मेला

कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला इलाममा सुरु

कात्तिक २१ गतेसम्म सञ्चालन हुने मेलामा गोदावरीसहित सयपत्री, सुनगाभा र विभिन्न मौसमी फूल तथा वनस्पति प्रदर्शन र बिक्रीका लागि राखिएका छन्।

बिहिवार , कार्तिक १९, २०८३

नेपालसेज/ इलाम।
पुष्पखेती तथा व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला–२०८३ इलाममा सुरु भएको छ।
कोशी प्रदेश सरकारको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपाल, इलामले आयोजना गरेको मेलाको उद्घाटन प्रदेशसभा सदस्य रामबहादुर मगरले गरेका छन्। उद्घाटन गर्दै उनले यस्ता कार्यक्रमले इलाममा पुष्प व्यवसायको प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सम्पादकीय सारांश

Verified

इलाममा कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला सुरु।

कोशी प्रदेशका विभिन्न जिल्लाका ३० वटा स्टलमा ४०० भन्दा बढी प्रजातिका फूल प्रदर्शन।

कात्तिक २१ गतेसम्म मेला सञ्चालन हुने।

करिब पाँच हजार दर्शक र ६० लाख रुपैयाँसम्म कारोबार गर्ने आयोजकको लक्ष्य।

इलाममा ७० वटा पुष्प नर्सरी व्यावसायिक रूपमा दर्ता भई सञ्चालनमा।

‘फूलैफूलमा गोदावरी, पर्यटन र व्यापारको तयारी’ मूल नाराका साथ सुरु भएको मेला कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ। फ्लोरिकल्चर एसोसिएसन नेपाल, इलामकी अध्यक्ष रञ्जिता याख्खाका अनुसार मेलामा कोशी प्रदेशका विभिन्न जिल्लाका पुष्प व्यवसायीले ३० वटा स्टल राखेका छन्। ती स्टलमा ४०० भन्दा बढी प्रजातिका फूल प्रदर्शनमा राखिएका छन्।

मेलाको मुख्य आकर्षण गोदावरी फूल रहेको छ। यसका अतिरिक्त सयपत्री, विभिन्न मौसमी फूल, सुनगाभा, वनस्पति, परम्परागत बिरुवा तथा बोन्साइका बिरुवा पनि प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्। आयोजकले मेलामा करिब पाँच हजार दर्शकले अवलोकन गर्ने र ६० लाख रुपैयाँसम्मको व्यापारिक कारोबार हुने लक्ष्य राखेका छन्। पहिलोपटक आयोजना गरिएको मेलाले जिल्लामा पुष्प व्यवसायको सम्भावना उजागर गर्दै बजार विस्तारमा प्रोत्साहन गर्ने भ्युटावर फूल नर्सरीकी सञ्चालक बुद्धमाया सोङ्मीले बताएकी छन्।

इलाममा हाल २०० भन्दा बढी प्रजातिका फूल व्यावसायिक रूपमा उत्पादन हुँदै आएका छन्। जिल्लाभर ७० वटा पुष्प नर्सरी व्यावसायिक रूपमा दर्ता भई सञ्चालनमा रहेका छन्। इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका र माङसेबुङ गाउँपालिकालगायत क्षेत्रमा व्यावसायिक पुष्पखेती हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images