२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

जर्मनीसँग थप सहयोग मागियो

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी विकासमन्त्री राडोभानबीच भेटवार्ता

बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणसँगै जलवायु उत्थानशीलतामा लगानी बढाउन आग्रह

बुधवार , आश्विन ७, २०८३

नेपालसेज/न्युयोर्क —
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग सहयोग थप विस्तार गर्न आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय साइडलाइन भेटवार्तामा मन्त्री खनालले यस्तो आग्रह गर्नुभएको हो।
भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशीलता, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिका क्षेत्रमा थप लगानी आवश्यक रहेको बताउनुभयो। उहाँले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

सम्पादकीय सारांश

Verified

परराष्ट्रमन्त्री शिशिर खनालले जर्मनीसँग थप सहयोग विस्तार गर्न आग्रह

बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणमा जोड

जलवायु उत्थानशीलता र विपद् पूर्वतयारीमा लगानी आवश्यक रहेको धारणा

जर्मनीले वित्तीय तथा मानवीय सहयोग जारी राख्ने प्रतिबद्धता

नेपाल–जर्मनी सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता

मन्त्री खनालले नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको उल्लेख गर्दै दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगको समेत उहाँले प्रशंसा गर्नुभयो।

जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री खनालले विपद् प्रभावित समुदायको पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।

जर्मनीकी मन्त्री राडोभानले नेपालमा भएको विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौतीका रूपमा लिनुपर्ने बताउँदै जर्मनी नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। भेटवार्तामा नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा समेत विचार आदानप्रदान भएको थियो। पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको जनाइएको छ।

WhatsApp Image 2026-09-23 at 23.04.52.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images