२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

काठमाडौँ फिल्म फेस्टिभल २०८३

काठमाडौँ फिल्म फेस्टिभलमा २२ भिडियो छनोट, पहिलो हुनेलाई १ लाख ५० हजार

‘युथ भिडियो च्यालेञ्ज’ मा पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख

शुक्रवार , आश्विन २३, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल २०८३ अन्तर्गत ‘युथ भिडियो च्यालेञ्ज’ र ‘नेपाल पानोरमा’ विधामा २२ वटा भिडियो छनोट गरेको छ। महानगरपालिकाका अनुसार पाँच मिनेटसम्मका १२ वटा र ३० मिनेटसम्मका १० वटा भिडियो छनोट भएका हुन्। दुवै विधामा छनोट भएका चलचित्र कात्तिक १५ गते राष्ट्रिय सभागृहमा प्रदर्शन गरिनेछन्।

सम्पादकीय सारांश

Verified

काठमाडौँ फिल्म फेस्टिभल २०८३ अन्तर्गत ‘युथ भिडियो च्यालेञ्ज’ र ‘नेपाल पानोरमा’ मा २२ भिडियो छनोट।

पाँच मिनेटसम्मका १२ र ३० मिनेटसम्मका १० भिडियो छनोट भएका छन्।

फेस्टिभलमा १० देशका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिने।

‘युथ भिडियो च्यालेञ्ज’ का विजेतालाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार दिइने।

कात्तिक १३ देखि १५ गतेसम्म मुख्य कार्यक्रम सञ्चालन हुने र कात्तिक १५ गते राष्ट्रिय सभागृहमा छनोट भएका चलचित्र प्रदर्शन गरिने।

‘युथ भिडियो च्यालेञ्ज’ मा पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। नेपाल पानोरमा विधामा छनोट भएका चलचित्रलाई जनही १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ।

काठमाडौँको मौलिकता, सम्पदा, भाषा, संस्कृति तथा स्थानीय सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले महानगरपालिकाले फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो।

फेस्टिभलमा १० देशका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ। कात्तिक १३ देखि १५ गतेसम्म मुख्य कार्यक्रम सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images