२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

नाकामै भारतीय पर्यटक स्वागत

जलेश्वरमा भारतीय पर्यटकलाई स्वागत, पर्यटन सुधारमा जोड

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा महोत्तरीको भिट्ठामोड नाकामा भारतबाट नेपाल आएका पर्यटकलाई स्वागत गरिएको छ।

बुधवार , आश्विन १४, २०८३

NepalSays/ महोत्तरी ।
अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा भारतबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई महोत्तरीको जलेश्वरमा स्वागत गरिएको छ।
होटेल तथा पर्यटन व्यवसायी संघ जलेश्वरको आयोजनामा जलेश्वर नगरपालिका–३ मलिवारा (भिट्ठामोड) स्थित नेपाल–भारत सीमा नाकामा भारतीय पर्यटकलाई स्वागत गरिएको हो। नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि आएका पर्यटकलाई स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा पर्यटन व्यवसायीले स्वागत गरेका थिए।

सम्पादकीय सारांश

Verified

भिट्ठामोड नाकामा भारतीय पर्यटकलाई स्वागत।

जलेश्वरका नगर प्रमुखसहित सुरक्षा निकायका अधिकारी सहभागी।

पछिल्लो समय भारतीय पर्यटक घटेपछि पर्यटन प्रवर्द्धनमा जोड।

होटल तथा पर्यटन व्यवसाय सुधारका लागि अन्तर्क्रिया गरिने।

धार्मिक तथा पर्यटकीय गन्तव्यमा भारतीय पर्यटक आकर्षित गर्ने प्रयास।

कार्यक्रममा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेल, सुरक्षा निकायका प्रमुख तथा होटेल तथा पर्यटन व्यवसायी संघ जलेश्वरका पदाधिकारी सहभागी थिए।

होटेल तथा पर्यटन व्यवसायी संघ जलेश्वरका अध्यक्ष सरोजकुमार चौधरीका अनुसार नेपालमा विभिन्न समयमा भएका आन्दोलन, विपद् तथा अन्य राजनीतिक उतारचढावका कारण भारतीय पर्यटकको आगमन प्रभावित भएको छ। भारतीय पर्यटकको संख्या बढाउँदै सीमाक्षेत्रदेखि भित्री पर्यटन क्षेत्रमा समेत व्यवसाय सुधार गर्ने उद्देश्यले स्वागत कार्यक्रम गरिएको उनले बताए।

कार्यक्रम यसअघि असोज ११ गते गर्ने निर्णय भए पनि मौसममा आएको परिवर्तनका कारण बुधबार आयोजना गरिएको हो। नेपाल आउने भारतीय पर्यटकलाई सकारात्मक सन्देश दिनुका साथै धार्मिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।

अध्यक्ष चौधरीका अनुसार बुधबार नै विभिन्न सरोकारवाला निकाय तथा प्रतिनिधिसँग होटल तथा पर्यटन क्षेत्रको सुधार र प्रवर्द्धनका विषयमा अन्तर्क्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ। पर्यटकमैत्री वातावरण निर्माण, सेवा सुधार तथा भारतीय पर्यटकको आगमन बढाउने विषयमा छलफल हुने जनाइएको छ।

4970584e-21a1-4499-972a-ec25a4546ce6.jpg

ff043808-e613-452e-8929-d8d39e070d86.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images