२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

पेस्तोलसहित होटल सञ्चालक पक्राउ

झापामा कटुवा पेस्तोलसहित होटल सञ्चालक प*क्राउ

भद्रपुर–६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बूको कोठामा खानतलासी गर्दा बेडमुनि लुकाइएको पेस्तोल फेला

सोमवार , कार्तिक २, २०८३

नेपालसेज/ झापा।
झापामा कटुवा पेस्तोलसहित एक जना होटल सञ्चालक पक्राउ परेका छन्। हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ स्थित वधशालामा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बू पक्राउ परेका हुन्।

सम्पादकीय सारांश

Verified

झापामा कटुवा पेस्तोलसहित एक जना होटल सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ४४ वर्षीय मनकुमार लिम्बू रहेका छन्।

उनी भद्रपुर–६ स्थित साजन होटल सञ्चालन गर्दै आएका थिए।

प्रहरीले उनको सुत्ने बेडमुनि लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

लिम्बूको साथमा हतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले लिम्बूको कोठामा खानतलासी गर्दा उनी सुत्ने बेडमुनि लुकाइछिपाइ राखेको अवस्थामा कटुवा पेस्तोल फेला पारेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

download (2).jfif
प्रेस विज्ञप्ति 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images