२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

गोरखामा आकस्मिक बाढी

गोरखाको चुमनुब्रीमा आकस्मिक बाढी, सल्लेरी र जगत बजार जोखिममा

अवस्था बुझ्न सेनाको हेलिकप्टर परिचालनको तयारी।

आइतवार , आश्विन २५, २०८३

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा पहिरोले खोला थुनिएपछि आकस्मिक बाढी आएको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रका सल्लेरी र जगत बजार जोखिममा परेका छन्। गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आइतबार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर प्राप्त भएको हो। हालसम्म बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त नभएको उनले बताए।

सम्पादकीय सारांश

Verified

चुमनुब्री–६ मा बिहान ४:३५ बजे आकस्मिक बाढी।

पहिरोले चुम्केको खोला थुनिएपछि बाढी।

सल्लेरी र जगत बजार जोखिममा।

जोखिमका कारण केही स्थानीय विस्थापित।

अवस्था बुझ्न सेनाको हेलिकप्टर परिचालनको तयारी।

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार वडा नम्बर ६ स्थित चुम्केको खोलामा पहिरो खसेर पानी थुनिएको थियो। पछि थुनिएको पानी एक्कासि बग्दा बाढी आएको उनले जानकारी दिए।

बाढीले तल्लो तटीय क्षेत्रका बस्तीमा जोखिम बढाएपछि कतिपय स्थानीय विस्थापित भएका छन्। बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएको भन्दै स्थानीयलाई सतर्क रहन एसएमएसमार्फत सूचना पठाएको छ। बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी तथा खोलाको किनारमा नजान आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images