२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

नेपाली कांग्रेसः १५औँ महाधिवेशन

गगन थापाको घोषणा: 'कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन'

बुधवार , आश्विन २१, २०८३

 


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै गुट र उपगुटको अन्त्य भएको घोषणा गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र समापन समारोहमा बोल्दै उनले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहहरू अब अस्तित्वमा नरहेको दाबी गरे । 

'विशेष होस् वा अन्य, कोइराला–पौडेल सबै गुट सकिए। अब कुनै समूह छैन, आजदेखि गुटको अध्याय समाप्त भयो,' थापाले भने।

उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एकताबद्ध पार्टीका रूपमा अगाडि बढाउने स्पष्ट संकेत दिए । पार्टीभित्र लामो समयदेखि कायम रहेको विभाजनलाई चिर्दै कांग्रेसलाई सुदृढ र एकजुट बनाएर लैजानुपर्नेमा उनको जोड थियो।

सभापति थापाले यसअघि पनि आफू आन्तरिक व्यवस्थापनमा मात्र सीमित नभई कांग्रेसलाई समाज र जनताको बहसमा केन्द्रित गर्ने बताएका थिए। उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभित्रको भागबन्डामा भन्दा पनि कांग्रेसका नीति, विचार र राष्ट्रिय मुद्दाहरूमा बहस गर्न खर्चिने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै, सभापति थापाले महाधिवेशन लगत्तै आगामी स्थानीय तहको निर्वाचनसम्म पार्टीलाई बलियो बनाउन दिनरात खटिने घोषणासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images