२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

उच्च मनोबलका साथ गाउँ फर्किनुपर्छ

गगन थापाले भने- कांग्रेसले हीनताबोध होइन, उच्च मनोबल लिएर गाउँ फर्किनुपर्छ

कांग्रेस सभापति गगन थापाले महाधिवेशनबाट नेता–कार्यकर्ता उच्च मनोबल र आत्मविश्वासका साथ गाउँ फर्किनुपर्ने बताएका छन्।

सोमवार , आश्विन १९, २०८३

नेपालसेज/काठमाडौं
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसका नेता–कार्यकर्ता उच्च मनोबल र आत्मविश्वासका साथ गाउँ फर्किनुपर्ने बताएका छन्।

सम्पादकीय सारांश

Verified

गगन थापाले कांग्रेसका नेता–कार्यकर्ता उच्च मनोबलका साथ गाउँ फर्किनुपर्ने बताएका छन्।

थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले महाधिवेशनबाट आत्मविश्वासका साथ बाहिरिनुपर्ने बताए।

फागुन २१ को निर्वाचन हारिने डरले कांग्रेस पछि हटेको भए नेपालको राजनीति फरक दिशामा जाने उनको दाबी छ।

कांग्रेसले देशलाई सम्हाल्न विचारलाई प्रमुख आधार बनाउनुपर्ने थापाले बताएका छन्।

कांग्रेसको वैचारिक धरातल बलियो बनाउँदै विचारको पुनर्जागरणलाई व्यवहारमा लागू गर्नुपर्नेमा उनले जोड दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले महाधिवेशनबाट उच्च मनोबलका साथ बाहिरिनुपर्ने बताए। गाउँ फर्किने क्रममा हीनताबोध नभई आत्मविश्वासका साथ जानुपर्ने उनको भनाइ थियो।

थापाले फागुन २१ को निर्वाचन हारिने डरले कांग्रेस चुनावबाट पछि हटेको भए नेपालको राजनीति नै फरक दिशामा जाने दाबी गरे। निर्वाचनको परिणामको अंकगणित फरक हुन सक्ने भए पनि लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन कांग्रेसले चुनावमा भाग लिएको उनको भनाइ थियो।

उनले गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निर्वाचनमा हार्ने सम्भावना हुँदाहुँदै पनि चुनावबाट पछि नहटेको स्मरण गरे।

‘हामी तल जाने होइन, माथि जाने हो। हामीले सबैलाई जोड्दै जाने हो। सम्हाल्ने नै कांग्रेसले हो,’ थापाले भने।

कांग्रेसले देशलाई सम्हाल्न विचारलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिँदै थापाले कांग्रेसको वैचारिक धरातल बलियो बनाउनुपर्ने बताए। उनले विचारको पुनर्जागरणसँगै त्यसलाई व्यवहारमा लागू गर्दै जानुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images