लगातारको वर्षाका कारण जीर्ण अवस्थामा रहेको विद्युत प्रसारणको पोल ढले पनि मानवीय तथा अन्य भौतिक क्षति भएको छैन।
नेपालसेज/ काठमाडौँ
काठमाडौं महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको छ। स्थानीयका अनुसार सोमबार राति करिब साढे १२ बजे सिमेन्टबाट निर्माण गरिएको विद्युतको पोल ढलेको हो।
काठमाडौं महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको छ।
सोमबार राति करिब साढे १२ बजे सिमेन्टबाट निर्मित पोल ढलेको हो।
लगातारको वर्षाका कारण जीर्ण पोल ढलेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
पोल ढले पनि मानवीय तथा अन्य भौतिक क्षति भएको छैन।
ढलेको पोल हटाएर अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको छ।
प्रहरीका अनुसार लगातार परेको वर्षाका कारण जीर्ण अवस्थामा रहेको पोल ढलेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
पोल ढलेपछि उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। घटनामा मानवीय तथा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।
हाल ढलेको पोल हटाउने तथा अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको छ।
सम्बन्धित निकायले पोल हटाउने र विद्युत सेवा नियमित गर्ने काम अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस