२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

मुलघाटमा ट्रक दुर्घटना

धनकुटाको मुलघाटमा ट्रक दुर्घटना, चालक र सहचालक घाइते

इटहरीबाट संखुवासभातर्फ हाइड्रोको केमिकल बोकेर जाँदै गरेको ट्रक सडकबाट खस्यो

शुक्रवार , कार्तिक १३, २०८३

 

नेपालसेज/धनकुटा 

सम्पादकीय सारांश

Verified

धनकुटाको मुलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते।

ट्रक सडकबाट करिब ४०–५० फिट तल खसेको।

दुर्घटना बिहीबार बिहान करिब २ः३० बजे भएको।

चालक अभिषेक चौधरी मध्यम र सहचालक राहुल चौधरी सामान्य घाइते।

दुवै घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको।

धनकुटा नगरपालिका–९ स्थित मुलघाटमा कोशी लोकमार्गमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। बिहीबार बिहान करिब २ः३० बजे इटहरीबाट संखुवासभातर्फ हाइड्रोको केमिकल बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० देखि ५० फिट तल खसेको हो।

दुर्घटनामा ट्रक चालक अभिषेक चौधरी मध्यम घाइते भएका छन् भने सहचालक राहुल चौधरी सामान्य घाइते भएका छन्। दुर्घटनापछि दुवै जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनीहरूको उपचार भइरहेको जनाइएको छ।

दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको छ। ट्रकलाई सडकबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

— नेपालसेज | प्रकाशित: १३ कात्तिक २०८३

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images