ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बडादशैंको फूलपातीका अवसरमा अपराह्न २ बजे केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको हो ।
गगन थापाको शपथग्रहण आज अपराह्न २ बजे हुने।
फूलपातीका दिन कांग्रेस केन्द्रीय कार्यालयमा कार्यक्रम।
थापा १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित।
नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई निमन्त्रणा।
केन्द्रीय समिति पदाधिकारीको शपथ दशैंपछि हुने।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि मतगणना सम्पन्न भएपछि कार्यक्रम तय गरिएको हो ।
शपथग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेसले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दशैंपछि गर्ने जनाएको छ । महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।
प्रतिक्रिया दिनुहोस