२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

असिनासहित वर्षाको सम्भावना

चट्याङ, हुरी र असिनासहित वर्षाको सम्भावना, कुन-कुन प्रदेशमा भारी वर्षा?

पछिल्लो १२ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा वर्षा।

शुक्रवार , आश्विन २३, २०८३

 

सम्पादकीय सारांश

Verified

आज देशका विभिन्न स्थानमा चट्याङ, हुरी र असिनासहित वर्षाको सम्भावना।

हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने।

कोसी, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा भारी वर्षाको सम्भावना।

कोसी प्रदेशका तराई र पहाडी भूभागका केही स्थानमा राति भारी वर्षा हुन सक्ने।

पछिल्लो १२ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा वर्षा।

काठमाडौं । पछिल्लो १२ घण्टामा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६:१५ बजे सार्वजनिक गरेको विवरणअनुसार आज पनि देशका विभिन्न स्थानमा चट्याङ, हुरी र असिनासहित वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। ती भूभागमा हिमपातको सम्भावनासमेत रहेको छ। मधेससहित कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै, आज राति कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ।

राति कोसी प्रदेशको तराई भूभागका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ।

कस्तो वर्षालाई हल्का, मध्यम र भारी भनिन्छ?

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भएमा हल्का वर्षा भनिन्छ। १० देखि ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम तथा ५० देखि १०० मिलिमिटरभन्दा कम वर्षालाई भारी वर्षा भनिन्छ।

त्यस्तै, १०० देखि २०० मिलिमिटरभन्दा कम वर्षा भएमा धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भनिन्छ।

‘एक-दुई स्थान’ र ‘केही स्थान’ भन्नाले के बुझिन्छ?

मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावलीले वर्षा हुने सम्भावित भूभागको क्षेत्रफल जनाउँछ।

  • एक-दुई स्थान: १० प्रतिशतभन्दा कम भूभागमा वर्षाको सम्भावना।

  • थोरै स्थान: १० देखि ३० प्रतिशत भूभागमा वर्षाको सम्भावना।

  • केही स्थान: ३० देखि ५० प्रतिशत भूभागमा वर्षाको सम्भावना।

  • धेरै स्थान: ५० देखि ८० प्रतिशत भूभागमा वर्षाको सम्भावना।

  • अधिकांश स्थान: ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images