२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

नासुविरुद्ध ९ करोडको मुद्दा

भक्तपुर मालपोतका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड ७२ लाखको बिगो मागदाबी

यदुनाथ आचार्यसहित परिवारका सदस्य र अन्य दुई जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर

मंगलवार , कार्तिक १७, २०८३

 

सम्पादकीय सारांश

Verified

मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध मुद्दा।

आचार्यमाथि ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोप।

अनुसन्धान अवधिमा वैध आय ६ करोड २५ लाख रुपैयाँभन्दा बढी।

खर्च तथा लगानी भने १५ करोड ९८ लाख रुपैयाँभन्दा बढी।

आचार्य र परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दासमेत दायर।

 

 नेपालसेज/ काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार आचार्यले सार्वजनिक पदमा रहँदा स्रोत नखुलेको ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट देखिएको छ।

आयोगले उहाँको सार्वजनिक पदमा प्रवेशदेखि अनुसन्धानका लागि तोकिएको अन्तिम मितिसम्मको आय, खर्च तथा लगानीको विश्लेषण गरेको थियो। सो क्रममा वैध आम्दानीभन्दा खर्च तथा लगानी निकै बढी देखिएको आयोगको निष्कर्ष छ।आयोगले आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवका रूपमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको आधार बनाएको थियो।

उक्त अवधिमा आचार्य र उहाँको एकाघर सगोलमा रहेका परिवारका सदस्यहरूले कुल ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ वैध आय गरेको देखिएको आयोगले जनाएको छ।तर सोही अवधिमा उनीहरूले १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ।

वैध आम्दानी र खर्च तथा लगानीबीच ठूलो अन्तर देखिएपछि ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाइएको हो।आयोगले आचार्यकी श्रीमती ललिता राजभण्डारी, छोरी निलु आचार्य र सरु आचार्यविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरेको छ। परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति तथा आर्थिक कारोबारलाई समेत अनुसन्धानको दायरामा राखेर मुद्दा अघि बढाइएको आयोगले जनाएको छ।त्यस्तै, भक्तपुरको मध्यपुरथिमि–२ निवासी प्रभा बस्नेत र काठमाडौँको पेप्सीकोला निवासी कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ।

आयोगले उनीहरूको भूमिकासम्बन्धी अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।यसैगरी, आयोगले आचार्य र उहाँका परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको अभियोगमा छुट्टै मुद्दासमेत दायर गरेको छ।

भ्रष्टाचारबाट आर्जित भनिएको सम्पत्तिको स्रोत तथा त्यसको प्रयोगसँग सम्बन्धित विषयलाई समेत आयोगले कानुनी प्रक्रियामा अघि बढाएको छ। मुद्दाको अन्तिम फैसला भने विशेष अदालतबाट हुन बाँकी छ।

— नेपालसेज | प्रकाशित: १७ कात्तिक २०८३

s

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images