२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

न्यायाधीशद्वारा समाचारको खण्डन

आफूसँग जोडेर आएका समाचार भ्रामक भएको प्रधानन्यायाधीश शर्माको खण्डन

प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालद्वारा समाचारको खण्डन

बिहिवार , कार्तिक १२, २०८३

नेपालसेज/काठमाडौँ — प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूसँग जोडेर प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै ती समाचार भ्रामक भएको बताएका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूसँग सम्बन्धित समाचारलाई आधारहीन, झुटो र कपोलकल्पित भन्दै खण्डन गरेका हुन्। समाचारले जनमानसमा भ्रम सिर्जना गर्ने दूषित उद्देश्य राखेको उहनको दाबी छ।

सम्पादकीय सारांश

Verified

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूसँग जोडिएका समाचारको खण्डन गर्नुभयो।

उहाँले समाचारलाई आधारहीन, झुटो र कपोलकल्पित बताउनुभयो।

न्यायाधीश हरिप्रसाद फुयालले पनि आफूसँग जोडिएको समाचार भ्रामक भएको बताउनुभयो।

दुवैले जनमानसमा भ्रम फैलाउने उद्देश्यले समाचार प्रसारित भएको दाबी गरेका छन्।

न्यायाधीश फुयालले स्वतन्त्र न्यायपालिका र निष्पक्ष न्याय सम्पादनप्रतिको प्रतिबद्धता दोहोर्‍याउनुभयो।

प्रधानन्यायाधीश शर्माले विज्ञप्तिमार्फत आधारहीन र कपोलकल्पित समाचारको भर्त्सना गरेका छन्। त्यस्ता समाचारको भ्रममा नपर्न उहाँले सर्वसाधारणलाई आग्रह गरेका छन्। सञ्चारमाध्यममा आएका समाचारप्रति आफू आश्चर्यमा परेको उल्लेख गर्दै उनले आफूसँग जोडिएका विषयमा सत्यतथ्य नबुझी गरिएका प्रचारबाट भ्रमित नहुन अनुरोध गरेका हुन् । 

यसैबीच, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले पनि आफूलाई जोडेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्नुभएको छ। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफूसँग सम्बन्धित विषय झुटो र भ्रामक भएको स्पष्ट पार्नुभएको हो। समाचार गलत मनसायले जनमानसमा भ्रम फैलाउने ढङ्गले प्रस्तुत गरिएको उहाँको भनाइ छ।

न्यायाधीश फुयालले स्वतन्त्र न्यायपालिकाको रक्षा र निष्पक्ष न्याय सम्पादनप्रति आफू प्रतिबद्ध रहेको बताए। आफूसँग जोडेर प्रकाशित समाचारमा कुनै सत्यता नरहेको दाबी गर्दै उनले त्यस्ता सामग्रीले दुष्प्रचार गर्ने र जनमानसमा भ्रम फैलाउने काम गरेको उल्लेख गरे ।

प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल दुवैले आफूहरूसँग जोडिएका समाचारको सत्यतामाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा खण्डन गरेका छन्। 

— नेपालसेज | प्रकाशित: १२ कात्तिक २०८३

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images