प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
उनले पुनर्बहालीको माग गर्दै अधिकृत प्रतिनिधिमार्फत रिट निवेदन पेस गरेका हुन्।
अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार रिट निवेदन पेस गरिएको हो।
सर्वोच्च अदालतले अध्ययन गरिरहेकाले रिट निवेदन अझै दर्ता भएको छैन।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो।
प्रतिक्रिया दिनुहोस