नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको सरकारी निर्णय विवादमा परेको छ।
सरकारले नियम मिचेर नियुक्ति गरेको भन्दै निर्णयको चौतर्फी आलोचना भइरहेको छ।
यही घटनाक्रमबीच जेनजी अगुवा तनुजा पाण्डेले प्रधानमन्त्रीका सल्लाहकार कुमार वेनमाथि कटाक्ष गरेकी छन्।
पाण्डेले छलकपट, षड्यन्त्र र जालझेल छाड्न सुझाव दिँदै शक्तिको उन्मादबारे चेतावनी दिएकी छन्।
उनले इतिहासमा तानाशाही प्रवृत्तिको पतन हुने गरेको उल्लेख गर्दै आफ्नो सन्देश सार्वजनिक गरेकी छन्।
प्रतिक्रिया दिनुहोस