२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

साइबर सुरक्षा

विश्वव्यापी साइबर सुरक्षा चुनौतीबीच नेपाल के गर्दैछ?

PHP का सुरक्षा कमजोरीबारे राष्ट्रिय साइबर सुरक्षा केन्द्रको चेतावनी

बिहिवार , कार्तिक ५, २०८३

 

काठमाडौं । नेपाल सरकारको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले PHP प्रोग्रामिङ भाषा र त्यससँग सम्बन्धित प्रणालीमा गम्भीर सुरक्षा कमजोरी भेटिएको भन्दै तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको केन्द्रले जारी गरेको साइबर सुरक्षा एडभाइजरीमा PHP र त्यससँग सम्बन्धित रनटाइम तथा वर्डप्रेस, जुम्ला, ड्रुपल र म्याजेन्टोजस्ता कन्टेन्ट म्यानेजमेन्ट प्रणालीमा प्रयोग हुने प्रविधिमा सुरक्षा जोखिम देखिएको उल्लेख छ।

सम्पादकीय सारांश

Verified

PHP का दुई सुरक्षा कमजोरीबारे केन्द्रको चेतावनी।

सुरक्षित संस्करणमा तत्काल अद्यावधिक गर्न आग्रह।

पुराना PHP संस्करण प्रयोग नगर्न सुझाव।

प्याच सम्भव नभए सार्वजनिक पहुँच सीमित गर्न निर्देशन।

सरकारी तथा सार्वजनिक प्रणालीको सुरक्षा बढाउन अपिल।

केन्द्रले सरकारी तथा सार्वजनिक निकायका वेब प्रशासक र सूचना प्रविधि टोलीलाई आफ्ना सर्भरमा प्रयोग भइरहेको PHP संस्करण जाँच गर्न, आवश्यक अद्यावधिक गर्न र अद्यावधिकपछि सम्बन्धित सेवा पुनः सञ्चालन गर्न भनेको छ।

तत्काल सुरक्षा प्याच लागू गर्न सम्भव नभएमा सार्वजनिक पहुँच सीमित गर्ने, भर्चुअल प्राइभेट नेटवर्क (VPN) वा स्वीकृत IP ठेगानामार्फत मात्रै पहुँच दिने तथा आवश्यक परे जोखिमयुक्त सेवा अस्थायी रूपमा बन्द गर्न पनि केन्द्रले सुझाव दिएको छ।

सम्भावित साइबर आक्रमणबाट सरकारी तथा सार्वजनिक प्रणालीलाई सुरक्षित राख्न सबै सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न केन्द्रले आग्रह गरेको छ।

ncsc-php-advisory-2083-07-05_page-0001.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images