२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

असोज २२ गते त्रिवि सिनेट

त्रिविको सिनेट बैठक असोज २२ गते, नीति तथा बजेट पारित गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न असोज २२ गते सिनेट बैठक बोलाउने तयारी गरिएको छ।

बिहिवार , आश्विन १५, २०८३

NepalSays/ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक आगामी असोज २२ गते बस्ने भएको छ। विश्वविद्यालयको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न बैठक बोलाउन लागिएको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले जानकारी दिएका छन्।
त्रिविको सभा बैठक चालु आर्थिक वर्षको असारभित्रै बस्नुपर्ने भए पनि हालसम्म हुन सकेको थिएन। बैठक नबस्दा सभाबाट पारित हुनुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेटसमेत अघि बढ्न नसकेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीले बताएका छन्।

सम्पादकीय सारांश

Verified

त्रिविको सिनेट बैठक असोज २२ गते बस्ने।

नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्ने तयारी।

असारभित्रै बस्नुपर्ने बैठक अहिलेसम्म हुन सकेको थिएन।

बैठकबारे सदस्यलाई औपचारिक सूचना नदिइएको दाबी।

ग्रेस लिस्टलगायत महत्वपूर्ण विषय नियमित प्रक्रियाबाट अघि बढाउन माग।

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० अनुसार सभाको वार्षिक दिवस बैठक वा साधारण बैठक बस्ने मितिभन्दा कम्तीमा १५ दिनअघि सदस्यहरूलाई सूचना, कार्यसूची र प्रस्ताव उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

तर, असोज २२ गतेका लागि प्रस्तावित बैठकबारे हालसम्म सदस्यहरूलाई औपचारिक जानकारी नगराइएको जोशीको दाबी छ। उनले बैठक सञ्चालन गर्दा विश्वविद्यालयको आफ्नै नियम र निर्धारित प्रक्रियाको पालना गर्नुपर्ने बताएका छन्।

जोशीले विश्वविद्यालयको ग्रेस लिस्ट हजारौँ विद्यार्थीको अध्ययन, मेहनत र शैक्षिक यात्रासँग जोडिएको महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गरेका छन्। विद्यार्थीको उपाधि औपचारिक रूपमा स्वीकार गर्ने प्रक्रिया, नीति तथा कार्यक्रम र वार्षिक बजेटजस्ता विषयलाई नियमित प्रक्रिया र पर्याप्त तयारीसहित अघि बढाउनुपर्ने उनको भनाइ छ।

उनले विश्वविद्यालयका महत्वपूर्ण निर्णयहरू निर्धारित प्रक्रिया बाहिरबाट अघि बढाउन खोज्दा प्राज्ञिक संस्थाको मर्यादा र पारदर्शितामाथि प्रश्न उठ्न सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images