नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी र लक्ष्मी–गणेश अंकित चाँदीका मेडालियन बिक्री सुरु गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ।
नेपालसेज/ काठमाडौं।
नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरु गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ। राष्ट्र बैंकले बिहीबारदेखि तिहार लक्षित सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको हो। असर्फी तथा मेडालियन खरिद गर्न सर्वसाधारण टक्सार महाशाखा पुग्न थालेपछि त्यहाँ भीड लागेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारदेखि तिहार लक्षित सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको छ।
बिक्री सुरु भएपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ।
प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी किन्न पाइनेछ।
लक्ष्मी र गणेश अंकित १० ग्रामका दुई थान चाँदीका मेडालियन खरिद गर्न पाइनेछ।
बिक्री शुक्रबारसम्म जारी रहने व्यवस्था गरिएको छ।
बिक्री व्यवस्थाअनुसार सर्वसाधारणले शुक्रबारसम्म प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी खरिद गर्न पाउनेछन्। त्यसैगरी, लक्ष्मी र गणेश अंकित १० ग्रामका दुई थान चाँदीका मेडालियन पनि प्रतिव्यक्ति खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
तिहारमा सुनको असर्फी तथा चाँदीका मेडालियन खरिद गर्ने परम्परालाई लक्षित गर्दै राष्ट्र बैंकले सीमित अवधिका लागि बिक्री व्यवस्था गरेको हो।
प्रतिक्रिया दिनुहोस