शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी र सुरक्षागार्डमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।
NepalSays/ काठमाडौं
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कीर्तिपुरका रामकुमार बुढाथोकी, आयुष बुढाथोकी र सचिन बुढाथोकी रहेका छन्।
टेकुस्थित शुक्रराज अस्पतालबाट तीनजना पक्राउ परेका छन्।
उनीहरूमाथि स्वास्थ्यकर्मी र सुरक्षागार्डमाथि अभद्र व्यवहार गरेको आरोप छ।
घटना असोज १४ गते राति अस्पतालको आकस्मिक कक्षमा भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रामकुमार, आयुष र सचिन बुढाथोकी छन्।
उनीहरूमाथि अभद्र व्यवहार कसुरमा पाँच दिनको म्याद थप गरिएको छ।
जिल्ला प्रहरी परिसरको टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो। प्रहरीले उनीहरूमाथि अस्पतालका स्वास्थ्यकर्मी तथा सुरक्षागार्डमाथि अभद्र व्यवहार र हातपात गरेको आरोपमा अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार असोज १४ गते राति अस्पतालको आकस्मिक कक्षमा उक्त घटना भएको थियो। घटनाका क्रममा स्वास्थ्यकर्मी र सुरक्षागार्डमाथि समेत अभद्र व्यवहार तथा हातपात भएको जनाइएको छ।
पक्राउ परेका तीनैजनालाई प्रहरीले अभद्र व्यवहार कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस