२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

खगेन्द्र सुनार

रास्वपाद्वारा खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक

केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन

मंगलवार , आश्विन २७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि उठेका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले छानबिन पूरा नहुँदासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

सम्पादकीय सारांश

Verified

खगेन्द्र सुनारमाथि उठेका आरोपबारे रास्वपाले आन्तरिक छानबिन गर्ने।

केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन।

छानबिन पूरा नहुँदासम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक।

महिलाको सम्मान र पदीय मर्यादासम्बन्धी विषयमा शून्य सहनशीलताको नीति।

अनुसन्धानमा सहयोग गर्ने र निष्कर्षका आधारमा थप कारबाही गर्ने पार्टीको प्रतिबद्धता।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिअनुसार, सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सार्वजनिक भएका अडियो–भिडियो सामग्री र त्यसबाट उठेका गम्भीर प्रश्नलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ।

पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। छानबिनलाई निष्पक्ष बनाउन र पदीय नैतिकता कायम राख्न अनुसन्धान पूरा नहुँदासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले महिलाको सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की, शंकास्पद आर्थिक कारोबार, दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा आपराधिक गतिविधिका विषयमा शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ।

त्यस्तै, सम्बन्धित सरकारी निकायबाट हुने अनुसन्धान स्वतन्त्र, निष्पक्ष र तथ्यपरक हुने अपेक्षा गर्दै पार्टीले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यता दोहोर्‍याउँदै रास्वपाले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानअनुसार थप निर्णय लिने स्पष्ट पारेको छ।

848815277_1168822982139227_1963388844718298903_n.jpg
undefined
  •  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images