२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

नागरिकमैत्री प्रहरी सेवा

‘प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस्’ : गृहमन्त्री गुरुङ

बुधवार , कार्तिक १८, २०८३



नेपालसेज/ काठमाडौं — गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा मंगलबार डा. केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहमन्त्री गुरुङले प्रहरी सङ्गठनलाई नागरिकमैत्री व्यवहार गर्न निर्देशन दिएका हुन्।

सम्पादकीय सारांश

Verified

गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न निर्देशन दिएका छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई आग्रह गरिएको छ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी काम गर्न निर्देशन दिइएको छ।

प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको गृहमन्त्रीले बताएका छन्।

उनले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन गर्ने र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न प्रहरी नेतृत्वलाई आग्रह गरेका छन्।‘फिल्ड’मा खटिने प्रहरी जवानको मनोबल उच्च राख्नुपर्नेमा जोड दिँदै गृहमन्त्री गुरुङले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको बताएका छन्।

कुनै काममा कठिनाइ भए त्यसको सम्बोधन गर्न गृह मन्त्रालय तत्पर रहेको उल्लेख गर्दै उनले प्रहरी सङ्गठनलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images