२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

पोखरामा स्कुल बस दुर्घटना, दुई विद्यार्थीसहित तीन जनाको मृत्यु

शुक्रवार , आश्विन २३, २०८३

काठमाडाैं। कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा दुई विद्यार्थीसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।

सम्पादकीय सारांश

Verified

 

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र जिसीका अनुसार दुर्घटनामा दुई विद्यार्थी र बसका एक कर्मचारीले ज्यान गुमाएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी दिए।

पोखरा महानगरपालिका–२८ स्थित विजयपुर सैनिक ब्यारेकबाट केही उत्तरतर्फ माझथानानजिक कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको हो।

जिसीका अनुसार ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब डेढदेखि दुई सय मिटर तल खसेको थियो। दुर्घटनालगत्तै उद्धार कार्य सुरु गरिएको र घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था मिलाइएको उनले बताए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images