२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

ग्यास उद्योग गाभ्ने तयारी

एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

विभिन्न नाम र ब्रान्डमा सञ्चालित एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्न निगमद्वारा कार्ययोजना बनाउन आग्रह।

सोमवार , कार्तिक १६, २०८३

नेपालसेज/ काठमाडौं।
नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। ग्यासको बिक्री वितरणलाई सहज बनाउने तथा उपभोक्ता हित प्रवर्द्धन गर्ने उद्देश्यले निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका उद्योगलाई एकापसमा गाभ्ने नीति अघि सारेको हो।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित र सहज बनाउन उद्योग गाभ्ने प्रक्रिया अघि बढाइएको हो।

सम्पादकीय सारांश

Verified

नेपाल आयल निगमले एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाएको छ।

विभिन्न नाम र ब्रान्डमा सञ्चालित उद्योगलाई एकापसमा गाभ्ने नीति लिइएको छ।

ग्यास बिक्री वितरण सहज बनाउने निगमको उद्देश्य छ।

उपभोक्ता हित प्रवर्द्धन गर्न यस्तो कदम चालिएको निगमको भनाइ छ।

निगमले सबै उद्योगलाई पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाउन आग्रह गरेको छ।

निगमले यस विषयमा सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै एकापसमा गाभिने कार्ययोजना तयार गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई एकीकृत गर्ने नीतिले बिक्री वितरणलाई सहज बनाउने र उपभोक्ताको हित प्रवर्द्धन गर्ने अपेक्षा निगमले गरेको छ।

WhatsApp Image 2026-11-02 at 14.14.53.jpeg
undefined

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images