२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

१०९ विद्यालयमा साढे ६ अर्ब

२ हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ।

बिहिवार , आश्विन २९, २०८३

नेपालसेज/ काठमाडौँ।
सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले पूर्वाधार विकासको योजना अघि बढाएको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्न लागिएको हो। चालु आर्थिक वर्षमा विद्यालयका संरचना सुदृढीकरणका लागि उक्त बजेट विनियोजन गरिएको उनले जानकारी दिएका छन्।

सम्पादकीय सारांश

Verified

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयलाई पूर्वाधार सुधारका लागि प्राथमिकतामा राखिएको छ।

चालु आर्थिक वर्षमा यस योजनाका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

विद्यालयहरूमा १२ कोठे तीनतले भवन निर्माण गर्ने योजना छ।

भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ।

योजनाको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। निकासा भएको रकमबाट विद्यालयहरूमा १२ कोठे तीनतले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब ६ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। यसबाट विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण तयार हुने अपेक्षा गरिएको छ।

मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप उच्च रहेको र केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको अवस्थाप्रति मन्त्रालय सचेत रहेको बताएका छन्। विद्यालयहरूबीचको असमानता घटाउने उद्देश्यले पहिलो चरणमा ठूला विद्यालयको पूर्वाधार सुधार सुरु गरिएको उनको भनाइ छ।

आगामी  दिनमा देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि मन्त्री पोखरेलले व्यक्त गरेका छन्।


उनले सामुदायिक शिक्षाको सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images