काठमाडौं । महिला तथा बालबालिकामाथि हुने अन्याय, विभेद र हिंसाविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएकी अधिकारकर्मी तथा अधिवक्ता शोभा बजगाईँको निधन भएको छ। क्यान्सर रोगबाट पीडित बजगाईँको असोज २० गते निधन भएको हो। महिला तथा बालबालिकाको हक, अधिकार र न्यायका क्षेत्रमा सक्रिय उनले सामाजिक न्यायका मुद्दालाई निरन्तर उठाउँदै आएकी थिइन्।
अधिकारकर्मी, न्यायकर्मी तथा समाजसेवीका रूपमा उनले पुर्याएको योगदानलाई सामाजिक क्षेत्रका व्यक्तिहरूले स्मरण गरेका छन्। महिला तथा बालबालिकामाथि हुने अन्याय र विभेदविरुद्ध निर्भीक रूपमा प्रस्तुत हुने बजगाईँको निधनले अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।
मोरङको बेलबारी नगरपालिका–३ स्थायी निवासी बजगाईँ सागर सुवेदीकी श्रीमती हुन्। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बुधबार बिहान ११ बजे बेलबारी–३ स्थित लोहोन्द्रा घाटमा गरिनेछ।
प्रतिक्रिया दिनुहोस