२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

LP ग्यासको मूल्य वृद्धि

राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको सहमतिमा एलपी ग्यास प्रतिसिलिन्डर रु २,१६५.३८ पुग्यो।

पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएपछि वैकल्पिक मार्गको ढुवानी भाडा थपिएको भन्दै काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँभन्दा बढी बढाइएको छ।

बिहिवार , भाद्र १८, २०८३

NepalSays/ Kathmandu
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा गएको भीषण पहिरोका कारण काठमाडौं जोड्ने प्रमुख यातायात सम्पर्क प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरिएको छ। राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक लामो मार्गबाट ग्यास ढुवानी गर्नुपरेको र त्यसले गर्दा लागत ह्वात्तै बढेको भन्दै ग्यास उद्योगीहरूले मूल्य बढाएका हुन्। नेपाल आयल निगमको सहमतिमा उद्योगीहरूले मिलेमतोमा प्रतिसिलिन्डर ढुवानी भाडा थपेर ग्यासको नयाँ मूल्य तोकेका हुन्। नेपाल आयल निगमले हाल एलपी ग्यासको आधिकारिक खुद्रा बिक्री मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको थियो। तर, उद्योगीहरूले पहिरोका कारण घुमाउरो बाटो प्रयोग गर्दा इन्धन र समय धेरै लाग्ने बहाना बनाउँदै प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा अतिरिक्त ढुवानी भाडा जोडेका हुन्।

सम्पादकीय सारांश

Verified

कृष्णभिरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी मार्ग प्रयोग गर्दा लागत बढेको दाबी।

नेपाल आयल निगमको सहमतिमा एलपी ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकामा ग्यासको मूल्य बढाएका हुन्।

आयल निगमले तोकेको प्रतिसिलिन्डर २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरिएको छ।

एलपी ग्यास उद्योग संघको भदौ १८ मा बसेको साधारणसभाले मूल्य वृद्धिको निर्णय सार्वजनिक गरेको हो।

नयाँ निर्णयसँगै अब काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको २,१६५ रुपैयाँ ३८ पैसा तिनुपर्नेछ।

नेपाल एलपी ग्यास उद्योग संघको भदौ १८ गते बसेको वार्षिक साधारणसभाले उपत्यकामा ग्यासको मूल्य बढाउने औपचारिक निर्णय गरेको थियो। संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै ढुवानी लागत बढेकाले बाध्य भएर उपत्यकामा ग्यासको खुद्रा मूल्यमा वृद्धि गर्नुपरेको जानकारी गराएको छ।ग्यास उद्योग संघले गरेको नयाँ निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ। चाडपर्व नजिकिँदै गर्दा एकाएक ग्यासको मूल्य बढेपछि उपत्यकाका आम उपभोक्ता भने थप आर्थिक मारमा परेका छन्।

राजमार्गको अवरोध हटाएर आपूर्ति व्यवस्था सहज बनाउनुको सट्टा निगमकै मिलेमतोमा यसरी रातारात उपभोक्तामाथि मूल्यवृद्धिको भार थपिएको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले तुरुन्त अनुगमन गरी गैरकानुनी रूपमा उठाइएको थप भाडा फिर्ता लिन सरकारसँग माग गरेका छन्।

(— नेपालसेज | २०८३ भाद्र १८ बिहीबार / English date: 3 September 2026)

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images