२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

बाढीपीडितलाई १ करोड ७ लाख सहयोग

बेलायतस्थित लामिछाने फाउन्डेसनद्वारा भोटेकोशी बाढीपीडितलाई १ करोड ७ लाख सहयोग

बेलायतस्थित द लामिछाने फाउन्डेसनले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि ५१ हजार ७२७ पाउन्ड सहयोग गरेको छ।

शुक्रवार , आश्विन १६, २०८३

NepalSays/ London
बेलायतस्थित द लामिछाने फाउन्डेसनले भोटेकोशी बाढीपीडितका लागि ५१ हजार ७२७ पाउन्ड अर्थात् करिब १ करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा उक्त रकम जम्मा गरेको हो।

सम्पादकीय सारांश

Verified

लामिछाने फाउन्डेसनले ५१ हजार ७२७ पाउन्ड सहयोग गर्‍यो।

सहयोग रकम नेपाली करिब १ करोड ७ लाख रुपैयाँ।

रकम नेपाली दूतावासको बैंक खातामा जम्मा गरिएको।

दूतावासले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने।

फाउन्डेसनले यसअघि भूकम्प र कोभिडमा पनि सहयोग गरेको थियो।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा समाजसेवी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। दूतावासले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा सांसद राणाले बाढीपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सहयोग गरेकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरिन्। उनले विपद्पछि बेलायतसहित विभिन्न देशमा रहेका नेपालीले सहयोग गरिरहेको बताइन्।

फाउन्डेसनका अध्यक्ष लामिछानेले नेपालमा विपत्ति पर्दा सहयोग गर्नु आफ्नो दायित्व भएको बताए। उनले यसअघि २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका समयमा समेत राहत तथा सहयोग उपलब्ध गराएको जानकारी दिए।

फाउन्डेसनका अनुसार लामिछानेले भूकम्पका बेला राहत सामग्री तथा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका थिए। कोभिड महामारीका क्रममा पनि राहत कोषमा सहयोग गर्नुका साथै अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images