२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

कुलेखानी ड्याम

कुलेखानी बाँधको अवस्था सामान्य, ऊर्जा मन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

कुलेखानी ड्याम स्थिर छ : ऊर्जा मन्त्री श्रेष्ठ

शनिवार , आश्विन १७, २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको निरीक्षण गरेका छन्। पछिल्लो असोज ८ देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण सतर्कता तह पार गरेको बाँधको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका हुन् । उनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहित प्राधिकरणका कर्मचारीले बाँध तथा जलाशयको अवस्थाबारे जानकारी गराएका थिए । 

सम्पादकीय सारांश

Verified

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले शनिबार कुलेखानी जलविद्युत् आयोजनाको बाँध निरीक्षण । 

असोज ८ देखि १२ गतेसम्मको भारी वर्षाका कारण बाँधमा पानीको सतह सतर्कता तहमा पुगेपछि जाेखिम ।

निरीक्षणपछि मन्त्री श्रेष्ठद्वारा बाँध सुरक्षित र अवस्था सामान्य रहेको जानकारी ।

बाँधमा २४ सै घण्टा निगरानी राखिएको र तल्लो तटीय क्षेत्रमा समेत सूचना प्रवाह गरिएको मन्त्री श्रेष्ठकाे भनाइ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठद्वारा कुलेखानीलाई विद्युत् प्रणालीको मेरुदण्डका रूपमा रहेको जानकारी । 

निरीक्षणपछि मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताए । भारी वर्षाका बेला बाँधमा उच्च निगरानी राखिएको र आवश्यक सबै रणनीति अपनाइएको उनकाे भनाइ छ । ‘सतह व्यवस्थापन गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने र तल्लो तटीय क्षेत्रमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएको थियो,’ उहाँले भने, ‘आज आएर हेर्दा व्यवस्थापन भएको छ। ड्याम स्थिर छ।’

केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको र कुलेखानी बाँधमा समेत पानीको सतह सतर्कता तहमा पुगेको उनले बताए । यसबाट विद्युत् आपूर्ति व्यवस्थापनमा समेत दबाब सिर्जना भएको उनको भनाइ छ। मन्त्री श्रेष्ठले कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्दा आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको बताए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको मेरुदण्डका रूपमा रहेको बताए। उनका अनुसार कुलेखानीले विद्युत् प्रणालीमा ‘पिकिङ’ का लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images