२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

उपत्यकामा दुई दिन विद्युत् प्रभावित

काठमाडौँ उपत्यकामा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा नयाँ कन्डक्टर जडान गर्न शनिबार र आइतबार प्रसारण लाइन बन्द गरिने भएको छ।

शुक्रवार , आश्विन २३, २०८३

नेपालसेज/ काठमाडौँ।
मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति कार्यका कारण असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयमा सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम गरिरहेको छ। यसअन्तर्गत मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ कन्डक्टर जडान गरिने भएको छ।

सम्पादकीय सारांश

Verified

असोज २४ र २५ गते काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ।

मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति कार्य भइरहेको छ।

दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरिने भएको छ।

पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गरिने भएको छ।

मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा असर पर्न सक्ने छ।


उक्त कामका लागि असोज २४ र २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्ने भएको छ। कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो। डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटको करिब ४०० मिटर कन्डक्टर परिवर्तन गर्न बाँकी रहेको छ। उक्त काम सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने र बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ। प्राविधिक कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने गरी आवश्यक तयारी गरिएको छ।


मौसम प्रतिकूल भएमा कामको तालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ। प्राविधिक कामका कारण ग्राहकमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images