काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि शर्मा र भुसाल निर्विरोध भएका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।
१४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित शर्मा विशेष महाधिवेशनबाट उपसभापति चयन भएका थिए। १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापतिमा उनको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। महिला उपसभापतिमा पनि भुसालको मात्रै उम्मेदवारी परेको छ। १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य रहेकी भुसाल देउवा पक्ष छाडेर विशेष महाधिवेशनमा सहभागी हुँदै उपसभापति बनेकी थिइन्।
निर्विरोध चयन भएका दुई पदबाहेक कांग्रेसका अन्य प्रमुख पदमा भने प्रतिस्पर्धा देखिएको छ। खुला उपसभापतिका दुई पदका लागि नौ जना उम्मेदवार मैदानमा छन्। डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।
खुला महामन्त्रीका दुई पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय महामन्त्रीको दौडमा छन्। पौडेल र घिमिरे विशेष महाधिवेशनबाट महामन्त्री चयन भएका थिए।
महिला महामन्त्रीको एक पदका लागि डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन्। समावेशी उपसभापतिको एक पदका लागि जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन्।
सहमहामन्त्रीका विभिन्न क्लस्टरमा पनि उल्लेख्य प्रतिस्पर्धा देखिएको छ। खुला दुईसहित नौ क्लस्टरबाट एक–एक जना सहमहामन्त्री निर्वाचित हुनेछन्। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा कुल ३२ जनाको उम्मेदवारी परेको छ।
खुला सहमहामन्त्रीमा अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल, डिल्लीराम सुवेदी र रमेश धमलाले उम्मेदवारी दिएका छन्।
महिलातर्फ प्रतिमा गौतम र नानु बस्तोला, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङ उम्मेदवार छन्।दलिततर्फ प्रकाश रसाइली, नरेन्द्र पासवान, लक्ष्मी परियार र मानबहादुर नेपालीले उम्मेदवारी दिएका छन्। मधेशीतर्फ महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप शाह, रामपल्टन साह, मनीष मिश्र र मुक्ताकुमारी यादव उम्मेदवार छन्।
खसआर्यतर्फ रामहरि खतिवडा, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी र शुभराम बस्नेतले उम्मेदवारी दिएका छन्। थारूतर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्र चौधरी उम्मेदवार छन्।
मुस्लिमतर्फ फिर्दोष आलम, अब्दुल सत्तार र अहतर कमल मुसालमान तथा पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर शाही र रामबहादुर विष्ट उम्मेदवार बनेका छन्।
अल्पसंख्यक/अपांगता क्लस्टरतर्फ नगेन्द्र कुमाल, योगेश गौचन र आङगेलु शेर्पाले उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस