दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङ अघि बढाएको छ। कोटेश्वर–कलंकी सडकखण्डको कलंकी अन्डरपासमा सफाइ र रङरोगनको काम अन्तिम चरणमा पुगेको छ।
नेपालसेज/ काठमाडौँ।
दसैँलाई लक्षित गर्दै सडक विभागले काठमाडौँ उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ। यसैक्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ।
दसैँलाई लक्षित गर्दै उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङ भइरहेको छ।
कलंकी अन्डरपासको सफाइ र रङरोगनको काम अन्तिम चरणमा पुगेको छ।
कोटेश्वर–कलंकी सडकखण्ड चीन सरकारको सहयोगमा निर्माण गरिएको हो।
अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा सवारी जाम न्यूनीकरणमा सहयोग पुगेको छ।
कलंकी–महाराजगञ्ज सडक विस्तारको काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो। यस खण्डमा बनेको अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने सवारी जाम न्यूनीकरणमा सहयोग पुगेको छ।
पहिलो खण्डको निर्माण सम्पन्न भइसके पनि चक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगञ्ज विस्तारको काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। सडक विस्तारमा भइरहेको ढिलाइका कारण चक्रपथको स्तरोन्नति तथा यातायात व्यवस्थापनमा चुनौती कायम छ।
प्रतिक्रिया दिनुहोस