२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

बाघको आक्रमणमा मृत्यु

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

गौरीगंगा–६ स्थित सामुदायिक वनमा च्याउ टिप्न गएका ४० वर्षीय कृष्ण चौधरी बाघको आक्रमणमा परेका हुन्।

शुक्रवार , आश्विन १६, २०८३

NepalSays/ कैलाली ।
कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ चरीडाँडाका करिब ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

सम्पादकीय सारांश

Verified

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु।

मृतक गौरीगंगा–६ का करिब ४० वर्षीय कृष्ण चौधरी।

बिहान च्याउ टिप्न भैरव महिला सामुदायिक वन पुगेका थिए।

चौधरी बिहान करिब ५ बजे जंगल प्रवेश गरेका थिए।

प्रहरी टोलीले खोजी गर्दा बिहान ८ बजेपछि शव फेला पारेको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरी शुक्रबार बिहान च्याउ टिप्न गौरीगंगा–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा गएका थिए।

उनी बिहान करिब ५ बजे सामुदायिक वन प्रवेश गरेका थिए। च्याउ टिप्ने क्रममा चौधरीमाथि बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

चौधरी सम्पर्कमा नआएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय चौमालाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

खोजीका क्रममा प्रहरी टोलीले बिहान ८ बजेपछि चौधरीलाई जंगलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images