डडेल्धुराबाट पञ्चेश्वर जाँदै गरेको जिप मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा दुर्घटना भएको हो।
नेपालसेज/ बैतडी।
बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृ*त्यु भएको छ भने चालकसहित छ जना घाइते भएका छन्। डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ को सौडानी खोलामा दुर्घटनामा परेको हो।
बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृ*त्यु।
दुर्घटनामा चालकसहित छ जना घाइते।
मृ*त्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोला।
मेलौलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा उनको मृ*त्यु।
जिप अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीको भनाइ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिएका छन्। गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृ*त्यु भएको उनले बताएका छन्। दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिंह मङ्गोला, सुनिल बस्केल र जिप चालक सन्तोष राम लुहार घाइते भएका छन्।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भई सडकबाट तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस