२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

भिसा शुल्कदेखि स्थायी बसोबाससम्म कडाइ, जापानमा विदेशी नागरिक दबाबमा

जापानमा विदेशी नागरिकका लागि अध्यागमन र बसोबाससम्बन्धी नियम थप कडा बनाइँदै।

बिहिवार , भाद्र १८, २०८३

Nepalsays/जापान

सम्पादकीय सारांश

Verified

जापानले विदेशी नागरिकका लागि अध्यागमन नियम कडा बनाउँदै।

स्थायी बसोबासको शुल्क २ लाख येन पुर्‍याउने तयारी।

स्थायी बसोबासका लागि आम्दानी र जापानी भाषा मापदण्ड कडा।

Business Manager Visa को पुँजी सीमा ३ करोड येन पुगेको छ।

कडाइबीच पनि जापानलाई विदेशी कामदारको आवश्यकता बढ्दो छ।

जापानले विदेशी नागरिकका लागि अध्यागमन तथा बसोबाससम्बन्धी नियमहरू थप कडा बनाउन थालेपछि त्यहाँ बस्दै आएका केही विदेशी नागरिकले जापानमै बसिरहने कि ‘सयोनारा’ भन्ने भन्ने प्रश्न गर्न थालेका छन्। जापान सरकारले आगामी अक्टोबरदेखि विभिन्न भिसा शुल्क बढाउने तयारी गरेको छ। स्थायी बसोबास (Permanent Residency) को शुल्क २० गुणासम्म बढाएर २ लाख येन पुर्‍याउने प्रस्ताव गरिएको छ। काम तथा विद्यार्थी भिसाका शुल्कसमेत बढाइनेछ।

स्थायी बसोबासका लागि आर्थिक मापदण्ड पनि कडा बनाइँदैछ। अक्टोबरदेखि आवेदकको आम्दानी जापानी परिवारको औसत आम्दानीभन्दा माथि हुनुपर्नेछ। आगामी अप्रिलदेखि ३० वर्ष बराबरको पेन्सन योगदानसँग सम्बन्धित मापदण्ड तथा मध्यम स्तरको जापानी भाषा ज्ञान समेत आवश्यक हुने व्यवस्था ल्याइँदैछ। यसअघि नै व्यवसाय सञ्चालन गर्ने विदेशीका लागि Business Manager Visa को न्यूनतम पुँजी आवश्यकता ५० लाख येनबाट बढाएर ३ करोड येन पुर्‍याइएको थियो। यसले विशेषगरी साना व्यवसाय तथा रेस्टुरेन्ट सञ्चालन गर्ने विदेशीलाई ठूलो आर्थिक दबाब परेको बताइएको छ।

जापानमा विदेशी नागरिकको संख्या पनि रेकर्ड स्तरमा पुगेको छ। गत वर्ष करिब ४१ लाख विदेशी नागरिक जापानमा बसोबास गरिरहेका थिए, जुन कुल जनसंख्याको करिब ३.४ प्रतिशत हो। कडा नियमका कारण सन् २०२६ को पहिलो छ महिनामै Business Manager Visa भएका ९५३ जना जापानबाट बाहिरिएको सरकारी तथ्यांकले देखाएको छ।

विदेशीप्रति बढ्दो जनआक्रोश, पर्यटकको अत्यधिक चाप र केही विदेशीले नियम उल्लंघन गरेको आरोपका बीच सरकारले कडाइ अघि बढाएको हो। तर अर्कोतर्फ जापान बढ्दो वृद्ध जनसंख्या र श्रम अभावसँग जुधिरहेको छ। यही कारण विदेशी कामदार आवश्यक पर्ने र उनीहरूमाथि नियम कडा पार्ने नीतिबीच जापान कठिन सन्तुलनमा रहेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images