२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

गोप्य सूचना चुहाउनेलाई कारबाही

संवेदनशील सूचना चुहावटमा उन्मुक्ति नदिने गृहमन्त्री गुरुङको चेतावनी

गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन्।

मंगलवार , आश्विन २०, २०८३

नेपालसेज/ काठमाडौँ
गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल Facebook मार्फत धारणा सार्वजनिक गर्दै उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले कुनै उन्मुक्ति नपाउने बताएका हुन्।

सम्पादकीय सारांश

Verified

गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन्।

उनले राज्यको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले उन्मुक्ति नपाउने बताएका छन्।

गृह मन्त्रालय र मातहतका निकायमा सूचना चुहावटको प्रवृत्तिमाथि लामो समयदेखि निगरानी भइरहेको उनले बताएका छन्।

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका AIG वंशीराज दाहाल सोमबार निलम्बित भएका थिए।

गुरुङले राज्यको संवेदनशील सूचना सार्वजनिक जिम्मेवारी भएको भन्दै त्यसको दुरुपयोग नगर्न चेतावनी दिएका छन्।

गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन्।

उनका अनुसार राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने भन्दै उनले जिम्मेवार अधिकारी तथा कर्मचारीलाई सचेत गराएका छन्।

गृहमन्त्री गुरुङले प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने बताएका छन्।

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका AIG वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेको आरोप लगाएको छ।

गृहमन्त्री गुरुङले गोपनीयताको जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई गम्भीरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images