धुर्कोट गाउँपालिका–५ का २४ वर्षीय ऋषिराम भण्डारी खेतमा पानी लगाउन गएका बेला सम्पर्कविहीन भएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका छन्।
नेपालसेज/ गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिका–५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन्। खेतमा पानी लगाउन गएका भण्डारी सम्पर्कविहीन भएपछि आफन्त तथा छिमेकीले उनको खोजी गरेका थिए।
गुल्मीमा करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु भएको छ।
धुर्कोट–५ अधेरीका ऋषिराम भण्डारी खेतमा पानी लगाउन गएका थिए।
सम्पर्कविहीन भएपछि आफन्त र छिमेकीले उनको खोजी गरेका थिए।
सिमलचौरस्थित खेत नजिक विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको बताइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान तथा शव जाँच मुचुल्काको काम गरिरहेको छ।
भण्डारी मंगलबार दिउँसो खेतमा पानी लगाउन गएको बताइएको छ। लामो समयसम्म सम्पर्कमा नआएपछि आफन्त तथा छरछिमेकले उनको खोजी सुरु गरेका थिए।
खोजीका क्रममा बिहीबार बिहान सिमलचौरस्थित आफ्नै खेत नजिकै भण्डारी मृत अवस्थामा फेला परेका हुन्। विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माका अनुसार घटनास्थलमा प्रहरी टोली खटाइएको छ।
प्रहरीले घटनास्थलमा थप अनुसन्धान तथा शव जाँच मुचुल्काको काम गरिरहेको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस