२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

पोखरा विमानस्थलबाट फ्लाईदुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु

दुबई–पोखरा–दुबई रुटमा दैनिक उडान सुरु, विमानस्थलमा पानीको फोहराले स्वागत

बुधवार , आश्विन ७, २०८३

नेपालसेज/पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि फ्लाईदुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु भएसँगै लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा विमानस्थलबाट अब नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालनमा आएको हो।

सम्पादकीय सारांश

Verified

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईको नियमित उडान सुरु

दुबईबाट आएको विमान साँझ ६:१५ बजे पोखरा अवतरण

पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत

पोखराबाट साँझ ७:१५ बजे दुबईतर्फ उडान

अध्यागमन, भन्सार र कार्गोसहित सबै तयारी पूरा

फ्लाईदुबईको विमान बुधबार साँझ करिब ६:१५ बजे पोखरा अवतरण गर्ने तालिका रहेको थियो। विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको थियो। पोखरा विमानस्थलबाट सोही विमान यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको थियो।

नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न विमानस्थलले अध्यागमन, भन्सार, कार्गो तथा सुरक्षा व्यवस्थासहित आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार विमानस्थल सञ्चालनमा आएपछि केही अन्तर्राष्ट्रिय चार्टर उडान भए पनि तिनले निरन्तरता पाउन सकेका थिएनन्।

फ्लाईदुबईको नियमित सेवाले पोखरालाई दुबईसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोडेको छ। दुबई अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट हब भएकाले पोखराबाट रोजगारी तथा अध्ययनका लागि जाने नेपालीसँगै अन्य अन्तर्राष्ट्रिय यात्रुका लागि पनि यो रुट उपयोगी हुने अपेक्षा गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते अर्थात् १ जनवरी २०२३ मा सञ्चालनमा आएको थियो। त्यसयता विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडानहरू भए पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। फ्लाईदुबईको नियमित सेवासँगै पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ नयाँ अध्याय सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images