२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक ठोक्किँदा चालक घाइते

बिहिवार , आषाढ ३२, २०८३

स्याङ्जा, असार ३२ | स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैसीडाँडास्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते भएका छन्।

सम्पादकीय सारांश

Verified

स्याङ्जाको पुतलीबजार–११ मा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक ३८ वर्षीय प्रेम गुरुङ घाइते भएका छन्।

 घाइते चालकको प्रदेश अस्पताल स्याङ्जामा उपचार भइरहेको छ। दुर्घटनाबाट इभी भ्यानको अगाडिको तथा चालकतर्फको भागमा क्षति पुगेको छ।

 ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन नगरेको र दुवै सवारीका कागजात मिलेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको ग १ ज ८७३१ नम्बरको इभी भ्यान र विपरीत दिशाबाट स्याङ्जातर्फ आउँदै गरेको ना ५ ख ७६१ नम्बरको ट्रक ठोक्किएका हुन्।

 

745906765_1791839241802901_7598459644226562679_n.jpg

दुर्घटनामा इभी भ्यान चालक भीरकोट नगरपालिका–९ का ३८ वर्षीय प्रेम गुरुङ घाइते भएका छन्। उनको प्रदेश अस्पताल स्याङ्जामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाबाट इभी भ्यानको अगाडिको तथा चालक बस्ने भागमा क्षति पुगेको छ।

दुर्घटनापछि इभी भ्यान सम्बन्धित समितिको जिम्मा लगाइएको छ भने ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ।

ट्रक चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का २९ वर्षीय ज्ञानप्रसाद अहिरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा दुवै सवारीसाधनका कागजात मिलेको र चालकहरूले मादक पदार्थ सेवन नगरेको खुलेको प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ।

747098873_1586696309728913_4485624981863748675_n.jpg

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images