२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

दिपक भट्ट

दिपक भट्टमाथि चौथो मुद्दा दायर, ४५ करोड बिगो माग

बिहिवार , आश्विन २२, २०८३

 

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्टमाथि चौथो मुद्दा दायर गरेको छ। विभागले बिहीबार काठमाडौं जिल्ला अदालतमा भट्टसहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको हो।

सम्पादकीय सारांश

Verified

व्यवसायी दिपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले चौथो मुद्दा दायर गरेको छ।

भट्टसहित हिमालयन रि–इन्स्योरेन्सका पूर्वपदाधिकारीलाई प्रतिवादी बनाइएको छ।

तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्ति, उपासना पौडेल र मनिषकुमारविरुद्ध २३ करोड ९२ लाख बिगो मागदाबी गरिएको छ।

नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालसहित भट्टकी श्रीमती आयुष्मा र सासु अञ्जना नेपाल पनि प्रतिवादी छन्।

झुटा तथ्य खडा गरी कृत्रिम वित्तीय कारोबार देखाएर ठगी गरेको आरोपमा करिब ४५ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ।

विभागले भट्टसहित हिमालयन रि–इन्स्योरेन्सका पूर्वपदाधिकारीलाई प्रतिवादी बनाएको छ। प्रतिवादीमा तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्ति, उपासना पौडेल र मनिषकुमार छन्। उनीहरूविरुद्ध २३ करोड ९२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।त्यस्तै, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाललाई पनि प्रतिवादी बनाइएको छ। भट्टकी श्रीमती आयुष्मा र सासु अञ्जना नेपाललाई समेत प्रतिवादी बनाइएको विभागले जनाएको छ।अर्का प्रतिवादीमा एलियन्ट रिइन्स्योरेन्स ब्रोकरका सीईओ सुधीरकुमार मल्लिक छन्।

उनीहरूले बीमा ऐन, २०७९ को दफा १४० बमोजिम कसुर गरेको भन्दै कानुनी कारबाहीका लागि मुद्दा दायर गरिएको विभागले जनाएको छ।  विभागका अनुसार उनीहरूले योजनाबद्ध रूपमा झुटा तथ्य खडा गरी त्यसका आधारमा कृत्रिम वित्तीय कारोबार भएको देखाएर ठगी गरेको आरोप छ।

उनीहरू सबैलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम सजायको माग गरिएको छ।

 

 

Press Release_86frw0p_watermark (1).pdf :To download file click here

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images