२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

तीन महिनादेखि ट्रायल बन्द

चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ बन्द, दुई हजार सेवाग्राही मर्कामा

सर्वोच्च अदालतको आदेशपछि सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा चितवनसहित आसपासका जिल्लाका सेवाग्राही प्रभावित भएका छन्।

बिहिवार , कार्तिक १२, २०८३

नेपालसेज/ चितवन।
चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा (ट्रायल) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्। सर्वोच्च अदालतको आदेशपछि गत साउन १० गतेदेखि परीक्षा रोकिँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउने सेवाग्राही प्रभावित भएका हुन्।
यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार यहाँको एक निजी ट्रायल सेन्टरमा सञ्चालन हुँदै आएको सेवामा अदालतले रोक लगाएपछि लिखित तथा प्रयोगात्मक परीक्षा बन्द भएको हो। परीक्षा रोकिँदा पुनःसीप परीक्षा अर्थात् रि–ट्रायल दिनुपर्ने ८०० जनाको परीक्षा पनि रोकिएको उहाँले जानकारी दिनुभयो।

सम्पादकीय सारांश

Verified

चितवनमा गत साउन १० गतेदेखि सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा बन्द।

परीक्षा रोकिँदा करिब दुई हजार सेवाग्राही प्रभावित।

पुनःसीप परीक्षा (रि–ट्रायल) दिनुपर्ने ८०० जनाको परीक्षा रोकिएको।

निजी ट्रायल सेन्टरको ठेक्का रद्द गरी पुनःठेक्का प्रक्रिया अघि बढाउन अदालतको आदेश।

मन्त्रालयबाट निर्देशन नआएका कारण नयाँ बोलपत्र आह्वान गर्न नसकिएको कार्यालयको भनाइ।

साप्ताहिक रूपमा रि–ट्रायल दिने तथा नियमित परीक्षा दिने गरी करिब दुई हजार सेवाग्राही प्रभावित भएको कार्यालयले जनाएको छ। अदालतले उक्त ट्रायल सेन्टरमा गरिएको ठेक्का रद्द गरी पुनःठेक्का प्रक्रिया सुरु गर्न आदेश दिएपछि परीक्षा सञ्चालन हुन नसकेको हो। सूचना अधिकारी पौडेलका अनुसार मन्त्रालयबाट आवश्यक निर्देशन तथा परिपत्र नआएका कारण नयाँ बोलपत्र आह्वान गर्न नसकिएको हो। उहाँले मन्त्रालयबाट निर्देशन नआएसम्म सवारी चालक अनुमतिपत्रसम्बन्धी परीक्षा सञ्चालन गर्न कठिनाइ रहेको बताउनुभयो।

हाल यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी परीक्षा सञ्चालन गर्न नसके पनि सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायतका अन्य सेवा भने दिइरहेको छ।

यसअघि ट्रायल सेन्टर सञ्चालनमा रहँदा एकपटकमा करिब ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा दिने गरेका थिए। परीक्षा लामो समयदेखि बन्द हुँदा अनुमतिपत्र लिन चाहने नयाँ सेवाग्राही तथा रि–ट्रायल दिनुपर्ने व्यक्तिहरू थप समस्यामा परेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images