नयाँ ठाडो डिजाइनको नोट सन् २०२७ को फेब्रुअरीको अन्त्यदेखि चलनचल्तीमा आउने
NepalSays/ क्यानडा
क्यानडाले राजा चार्ल्स तृतीयको तस्वीर समावेश गरिएको नयाँ २० क्यानाडियन डलरको बैंक नोट सार्वजनिक गरेको छ। बैंक अफ क्यानडाले सेप्टेम्बर ३ मा राजधानी ओटावामा नयाँ ठाडो डिजाइनको नोट सार्वजनिक गरेको हो। यो क्यानडाको बैंक नोटमा राजा चार्ल्स तृतीयको तस्वीर समावेश गरिएको पहिलो अवसर हो। बैंक अफ क्यानडाका अनुसार नयाँ नोट सन् २०२७ को फेब्रुअरीको अन्त्यदेखि क्रमशः चलनचल्तीमा ल्याइनेछ। नयाँ नोट सार्वजनिक भए पनि हाल चलनचल्तीमा रहेका २० डलरका नोट तत्काल विस्थापित हुने छैनन्।
नयाँ नोटको अगाडिको भागमा राजा चार्ल्स तृतीयको तस्वीर राखिएको छ। उनको वातावरण संरक्षणप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई झल्काउने गरी तस्वीर वरिपरि फूल तथा पातको डिजाइन राखिएको बैंकले जनाएको छ।
क्यानडाका १३ वटा प्रान्त तथा क्षेत्रलाई प्रतिनिधित्व गर्ने पुष्प प्रतीकहरू पनि नोटमा समावेश छन्।
नयाँ नोटको अगाडिको भागमा राजा चार्ल्स तृतीयको तस्वीर राखिएको छ। उनको वातावरण संरक्षणप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई झल्काउने गरी तस्वीर वरिपरि फूल तथा पातको डिजाइन राखिएको बैंकले जनाएको छ। क्यानडाका १३ वटा प्रान्त तथा क्षेत्रलाई प्रतिनिधित्व गर्ने पुष्प प्रतीकहरू पनि नोटमा समावेश छन्। नोटमा आदिवासी समुदायका लागि सांस्कृतिक महत्व राख्ने चारवटा वनस्पति समेटिएको गोलाकार पारदर्शी झ्याल पनि राखिएको छ। यी वनस्पतिमा wild strawberries, western red cedar, braided sweetgrass र arctic cotton रहेका छन्। डिजाइन निर्माणमा बैंक अफ क्यानडाको Indigenous Advisory Circle ले समेत सहयोग गरेको थियो।
नयाँ २० डलरको नोटको पछाडिको भागमा भने क्यानडियन नेसनल विमी मेमोरियललाई निरन्तरता दिइएको छ। फ्रान्समा रहेको उक्त स्मारक पहिलो विश्वयुद्धमा सेवा गरेका क्यानडियन सैनिकहरूको योगदान र बलिदानको सम्झनामा समर्पित छ। नयाँ नोटमा सुरक्षा प्रविधिलाई पनि विशेष प्राथमिकता दिइएको छ। बैंक अफ क्यानडाका अनुसार यसमा क्यानडियन मुद्रामा यसअघि प्रयोग नभएका उन्नत तथा गतिशील सुरक्षा विशेषता समावेश छन्। नोटमा रहेको बैजनी सुरक्षा पट्टीका केही तत्व नोट चलाउँदा घुम्ने, रूप परिवर्तन गर्ने र स्पन्दित हुने गरी डिजाइन गरिएको छ, जसले नक्कली नोट पहिचान गर्न सहज बनाउनेछ।
राजा चार्ल्स तृतीयको तस्वीर भएको यो नोट ७० वर्षभन्दा बढी समयपछि नयाँ सम्राटको तस्वीर समावेश गरिएको क्यानडियन बैंक नोट पनि बनेको छ। यसअघि क्यानडियन नोटमा महारानी एलिजाबेथ द्वितीयको तस्वीर रहँदै आएको थियो। नयाँ २० डलरको नोट क्यानडाको Vertical Series अन्तर्गतको दोस्रो नोट हो; यसअघि १० डलरको ठाडो नोटमा नागरिक अधिकार अभियन्ता भायोला डेसमन्डको तस्वीर राखिएको छ।
प्रतिक्रिया दिनुहोस