२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

BYD को नयाँ अभियान

BYD ग्राहकलाई आफ्नो कथा सुनाउने मौका, ५० हजारका गिफ्ट ह्याम्परसहित क्रुज यात्रासम्मको पुरस्कार

नेपालमा ११ हजारभन्दा बढी BYD ग्राहक पुगेको अवसरमा कम्पनीले ग्राहकका अनुभव र कथा समेट्ने ‘Me & My BYD’ अभियान सञ्चालन गरिरहेको छ।

बिहिवार , आश्विन २२, २०८३

नेपालसेज/ काठमाडौँ।
नेपालमा ११ हजारभन्दा बढी BYD ग्राहक पुगेको अवसरमा BYD ले ग्राहकका अनुभव र कथा समेट्ने ‘Me & My BYD’ अभियान सञ्चालन गरिरहेको छ।

सम्पादकीय सारांश

Verified

नेपालमा ११ हजारभन्दा बढी BYD ग्राहक पुगेको अवसरमा ‘Me & My BYD’ अभियान सञ्चालन भइरहेको छ।

ग्राहकले आफ्नो BYD सँगको फोटो वा भिडियो र व्यक्तिगत अनुभव सार्वजनिक गर्न सक्नेछन्।

१५ जना विजेताले जनही ५० हजार रुपैयाँ बराबरको BYD Gift Hamper प्राप्त गर्नेछन्।

तीन जना Grand Winner र उनीहरूका पार्टनरले Shanghai देखि Japan सम्मको Royal Caribbean Cruise यात्रा जित्नेछन्।

अभियान ७ अक्टोबरदेखि ३० नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।

अभियानमा BYD ग्राहकले आफ्नो BYD सँगको स्मरणीय यात्रा, पारिवारिक क्षण वा अन्य विशेष अनुभव समेटिएको फोटो वा भिडियो सार्वजनिक गरेर सहभागी हुन सक्नेछन्।

सहभागी हुन फोटो वा भिडियो आफ्नो सार्वजनिक Facebook, Instagram वा TikTok खातामा पोस्ट गर्नुपर्नेछ। पोस्टमा Life with BYD र BYD Cimex लाई follow तथा tag गरी #MeAndMyBYD प्रयोग गर्नुपर्नेछ। साथै, आफूले BYD खरिद गरेको dealership को नाम उल्लेख गर्नुपर्नेछ।

अभियानअन्तर्गत १५ जना विजेताले जनही ५० हजार रुपैयाँ बराबरको BYD Gift Hamper प्राप्त गर्नेछन्। त्यस्तै, तीन जना Grand Winner र उनीहरूका पार्टनरले Shanghai देखि Japan सम्मको Royal Caribbean Cruise यात्राको अवसर प्राप्त गर्नेछन्।

‘Me & My BYD’ अभियान ७ अक्टोबरदेखि ३० नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। अभियानका सहभागीले आफ्नो BYD सँग जोडिएको व्यक्तिगत कथा तथा अनुभव सार्वजनिक गर्दै पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

अभियानको सहभागिता प्रक्रिया, नियम तथा अन्य विस्तृत जानकारी BYD Cimex को आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images