२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

अर्थमन्त्री भारतमा

अर्थमन्त्री स्वर्णिम वाग्ले भारतमा, के छन् कार्यक्रम?

मोदी र जयशङ्करको सम्बोधन सत्रमा उपस्थिति हुने

शुक्रवार , कार्तिक ६, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। भारतीय टेलिभिजन च्यानल एनडीटीभीको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार बिहान नयाँदिल्ली पुगेका हुन्।

सम्पादकीय सारांश

Verified

अर्थमन्त्री स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा।

एनडीटीभी वर्ल्ड समिट २०२६ मा सहभागी।

मोदी र जयशङ्करको सम्बोधन सत्रमा उपस्थिति।

शुक्रबार ‘भारत–नेपाल अवसर’ विषयमा सम्बोधन।

अर्थमन्त्री वाग्ले शनिबार नेपाल फर्कने।

एयर इन्डियाको नियमित उडानबाट बिहान १० बजे नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए। दुई सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री वाग्ले र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्।

समिटको उच्चस्तरीय प्यानलमा अतिथि तथा वक्ताका रूपमा सहभागी हुन भारत पुगेका अर्थमन्त्री वाग्ले बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशङ्करको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ।

आज (शुक्रबार) बिहान सवा ११ बजे हुने समिटको सत्रमा अर्थमन्त्री वाग्ले वक्ताका रूपमा सहभागी हुनेछन्। ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ शीर्षकको अन्तरक्रियामा उनले सम्बोधन गर्ने कार्यतालिका छ। तीनदिने भारत भ्रमण पूरा गरी अर्थमन्त्री वाग्ले शनिबार नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images