२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

आरेन राईले कांग्रेसलाई दिए यस्तो सुझाव

नेपाली कांग्रेस हल्लाद्वारा स्थापित पार्टी होइन : आरेन राई

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेसलाई सत्ता सञ्चालनभन्दा देश निर्माणमा राम्रो काम गर्ने प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।

आइतवार , आश्विन १८, २०८३

नेपालसेज/काठमाडौँ
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाद्वारा स्थापित पार्टी नभएको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाको संघर्षमा कांग्रेस निर्माणका लागि थुप्रै व्यक्तिले व्यक्तिगत सपना त्यागेको बताए।
राईले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका योद्धाहरूले निजी स्वार्थभन्दा राष्ट्र निर्माणको सपना अघि राखेको बताए। त्यही योगदान र संघर्षबाट कांग्रेस निर्माण भएको उनको भनाइ थियो।उनले अब देश निर्माणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताए। विगतमा भएका गल्तीहरूबाट पाठ सिक्दै त्यसलाई नदोहोर्‍याई देशलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।

सम्पादकीय सारांश

Verified

 

राईले राजनीतिक दलहरूबीच सत्ता सञ्चालनको प्रतिस्पर्धाभन्दा जनताका लागि राम्रो काम गर्ने प्रतिस्पर्धा आवश्यक रहेको बताए। उनले कांग्रेसलाई सत्ता केन्द्रित प्रतिस्पर्धाबाट माथि उठेर देश निर्माणमा योगदान गर्ने दिशामा अघि बढ्न आग्रह गरे।

‘कांग्रेसलाई आग्रह छ– कुन पार्टीले कति सत्ता चलाउने भन्ने प्रतिस्पर्धा गर्नुभन्दा कुन पार्टीले देशका लागि कति राम्रो काम गर्‍यो भन्ने विषयमा प्रतिस्पर्धा गर्नुपर्छ,’ राईले भने।उनले राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा जनताको हित, विकास र राष्ट्र निर्माणका काममा केन्द्रित हुनुपर्ने धारणा राखे।

— नेपालसेज | प्रकाशित: १८ असोज २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images