२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

लागुऔषधसहित ३१ जना पक्राउ

देशभरबाट लागुऔषध, औषधि र ह*तियारसहित ३१ जना पक्राउ

प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषध, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि र ह*तियारसहित ३१ जनालाई पक्राउ गरेको छ। मोरङमा ५०० ग्राम खैरो हेरोइन, पेस्तोल र गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

शुक्रवार , कार्तिक १३, २०८३

नेपालसेज/ काठमाडौँ।
प्रहरीले देशका विभिन्न भागबाट लागुऔषध, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि तथा हतियारसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्ती तथा विभिन्न प्रहरी टोलीले सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेका हुन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मूलकोटबाट १०० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका–१ का २८ वर्षीय प्रकाश थापा र सप्तरीको सुरूङ्गा नगरपालिका–२ का २२ वर्षीय निराजन चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सम्पादकीय सारांश

Verified

देशका विभिन्न जिल्लाबाट लागुऔषध, औषधि र हतियारसहित ३१ जना पक्राउ।

मोरङको रतुवामाईबाट ५०० ग्राम खैरो हेरोइन, एक पेस्तोल र एक राउन्ड गोली बरामद।

सिन्धुलीको मूलकोटबाट १०० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ।

चितवन, कञ्चनपुर, झापा, तनहुँलगायत जिल्लामा पनि लागुऔषधसहित पक्राउ।

मोरङमा पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली प्रहारको प्रयास भएपछि प्रहरीले जवाफी फायर गरेको जनाएको छ।

मोरङको रतुवामाई नगरपालिका–६ बाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र एक राउन्ड गोलीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको अररिया निवासी कुमार बोसाक, पुरनकुमार बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ निवासी योगेन्द्र ठाकुर रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा दीपक कुमारले पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको थियो। उक्त घटनामा दीपककुमार र पुरनकुमार घाइते भएका छन्। उनीहरूको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोरङकै रतुवामाई नगरपालिका–१०, पोखरी बाँधबाट ६६ ट्याब्लेट ट्रामाडोल र ८६ ट्याब्लेट स्पास्पेनसहित झापाको दमक नगरपालिका–४ का सुमन सुवेदी पक्राउ परेका छन्। त्यस्तै, मिक्लाजुङ गाउँपालिका–९, गणेशचोकबाट ५४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित झापाको शिवसताक्षी नगरपालिका–८ का २८ वर्षीय सन्तोष सार्की र कुशल दाहाल पक्राउ परेका छन्। चितवनको भरतपुर महानगरपालिका–४, बर्मेली चोकबाट ६०३ ट्याब्लेट ऐनारगन र ६०३ ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ का अस्मिन कुइँकेलसहित दुई जना रहेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेको ना२४प ७८२२ नम्बरको स्कुटरसमेत बरामद गरेको छ। भरतपुर महानगरपालिका–१५, प्रगति टोलबाट २ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ३१ ट्याब्लेट ट्रामाडोल र डिजिटल तराजुसहित २६ वर्षीय नवीन गुरुङ र अमृत गुरुङ पक्राउ परेका छन्।

धनकुटा नगरपालिका–१, हिलेबाट दुई ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २६ वर्षीय सुरज तामाङ र २७ वर्षीय शिशिर बस्नेत पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–६, लगनखेलबाट ७०५ ग्राम गाँजासहित भारतका गौतमकुमार र २० वर्षीय आलोक जैसवाल पक्राउ परेका छन्। झापाको कनकाई नगरपालिका–४, शान्ति टोलबाट ७७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २५ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–२, गाछेपानीबाट ३०० एम्पुल डाइजिपाम, ३०० एम्पुल बुप्रेनोर्फिन र ३०० एम्पुल फेनारगनसहित कास्कीको पोखरा महानगरपालिका–३२ का १९ वर्षीय उज्वल विक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकलमा सवार रहेका बेला पक्राउ गरेको हो।

बाँकेको बैजनाथ गाउँपालिका–५, गुरुवा गाउँबाट ५३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित मक्सुद अहमद इद्रिसी पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाटाबाट ४९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्। कञ्चनपुरकै लालझाडी गाउँपालिका–१, नौरङ्गाबाट २ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइली डाँडाबाट ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–२, कर्नेल टोलबाट एक ग्राम ५१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित किशोर लिम्बू पक्राउ परेका छन्। बर्दियाको गुलरिया नगरपालिका–११, गणेशपुरबाट २०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको खजुरा गाउँपालिका–५ का गोविन्द डाँगी पक्राउ परेका छन्।

त्यसैगरी, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारबाट २०० ग्राम पोलेनसहित रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई काठमाडौँको कलङ्की बस्ने उमेश दियाली पक्राउ परेका छन्। प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३–०२–००५ प ५०९६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

प्रहरीले विभिन्न स्थानबाट बरामद गरेका लागुऔषध, औषधि र हतियारसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images